माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
nepalnews.com · Sun Sep 13 07:03:16 GMT 2026

धनगढी। कैलालीको कैलारी गाउँपालिका–४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले यो व्यवसाय आम्दानीको प्रमुख स्रोत बनेको छ।
विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने योजनासहित माछापालन व्यवसाय गर्दै आएका खरेलले माछापालन व्यवसायबाट वार्षिक रूपमा १५ लाख रुपैंयाँ बचत गर्दै आएका छन्। उनले १२ हजार रुपैंयाँ लगानीबाट माछापालन व्यवसाय सुरु गरेको भन्दै हालसम्म करिब ५० लाख रुपैंयाँ लगानी गरिसकेको जानकारी दिए।
Read full story at source (nepalnews.com)