विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रदर्शन
gorkhapatraonline.com · Thu May 28 12:21:26 GMT 2026

ताप्लेजुङमा मनसुनजन्य विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरिएको छ । मनसुनजन्य विपद् बाढीको प्रकोपबाट हुने क्षति कम गर्न, प्रकोपपछि उद्धार र प्राथमिक उपचारमा केन्द्रित विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरिएको हो ।
जिल्लास्थित नेपाली सेनाको इन्द्रदल गुल्मले बिहीबार विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेको हो । फुङ्लिङ नगरपालिका, मेरिङ्देन गाउँपालिका, मैवाखोला र आठराई त्रिबेणी गाउँपालिकाको संगमस्थल दोभानस्थित तमोर नदीमा नमुना अभ्यास प्रदर्शन गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)