किन आउँदैछन् भारतीय सेना प्रमुख द्विवेदी?
himalpress.com · Wed Nov 13 16:53:24 GMT 2024
काठमाडौँ- भारतका स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा द्विवेदी मंसिर ५ मा नेपाल आउन लागेका हुन्।
नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेना प्रमुख जनरल द्विवेदीलाई काठमाडौँ ओर्लेको भोलिपल्ट अर्थात् मंसिर ६ मा राष्ट्रपति रामचन्द्र पौडेलले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको जंगीअड्डाले विज्ञप्तिमार्फत जनाएको छ। नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थल सेना प्रमुख जन रल द्विवेदी २० औँ सेनापति हुनेछन्।
Read full story at source (himalpress.com)