प्रधानसेनापति सिग्देल चीन प्रस्थान
nagariknews.nagariknetwork.com · Sun Sep 13 07:01:05 GMT 2026

प्रधानसेनापति महारथी अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान गरेका छन्। मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको निमन्त्रणामा प्रधानसेनापति सिग्देल आइतबारदेखि असोज ३ गतेसम्म चीनको औपचारिक भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ।
भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान फोरम (The 13th Beijing Xiangshan Forum) मा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)