पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर मृत्यु
gorkhapatraonline.com · Sun Sep 13 07:27:07 GMT 2026

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थित सिवाईमा करेन्ट लागेर आइतवार बिहान एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजन चापागाईँका अनुसार चौदण्डिगढी नगरपालिका वडा नं. ५ सिवाई बस्ने ६८ वर्षीय सुकदेव चौधरीको मृत्यु भएको हो । चौधरीले आफ्नै घरपछाडिको कलमा पानी तान्ने मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।
Read full story at source (gorkhapatraonline.com)