उचित फैसला गर्न इजलासलाई सहयोग गर्ने कानुन व्यवसायी महान् : प्रधानन्यायाधीश शर्मा
baahrakhari.com · Sun Sep 13 07:32:00 GMT 2026

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकालाई संविधानले सुम्पेको जिम्मेवारी न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीको साझा प्रयासबाट मात्र पूरा गर्न सम्भव हुने बताएका छन् ।
उच्च अदालत बार एसोसिएसन पाटनको वार्षिक साधारणसभालाई सम्बोधन गर्नेक्रममा प्रधानन्यायाधीश शर्माले न्यायपालिकाको प्रत्येक काम कारबाहीलाई आवश्यकताअनुसार पारदर्शी, चुस्त, प्रभावकारी बनाउन न्यायिक नेतृत्व सदैव प्रतिबद्ध रहेको बताए । स्वतन्त्र न्यायपालिका विधिको शासन, शक्ति पृथकीकरण सभ्य समाज एवं नागरिक अधिकार संरक्षणका आधारशिला रहेको बताए ।
Read full story at source (baahrakhari.com)