सार्वजनिक यातायातमा यात्रुको सामान सुरक्षाका लागि ‘लगेज ट्याग’ अनिवार्य गर्न निर्देशन
ratopati.com · Thu May 28 12:56:34 GMT 2026

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर सञ्चालित लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको सामानको सुरक्षा सुनिश्चित गर्न लगेज ट्याग प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
बिहीबार महासङ्घले सातै प्रदेशका संयोजकहरू र मातहतका सबै जिल्ला समिति तथा सदस्य संस्थाहरूलाई पत्राचार गर्दै यो नयाँ नियम तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र महासङ्घबिच भएको समझदारी अनुसार यो व्यवस्था लागू गरिएको हो।
Read full story at source (ratopati.com)