जलवायु न्याय माग्दै सुनसरीको रामधुनीमा प्रदर्शन
ratopati.com · Sun Sep 13 07:41:02 GMT 2026

सुनसरी । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर नेपालले गम्भीर रूपमा भोगिरहेको भन्दै जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको मागसहित सुनसरीको रामधुनीमा शनिबार प्रदर्शन गरिएको छ ।
रामधुनी नगरपालिकाका नागरिक समाज तथा स्थानीय सामाजिक अगुवाको अगुवाइमा आयोजित र्यालीमा विभिन्न सङ्घसंस्था, सामाजिक अभियन्ता तथा विद्यार्थी सहभागी भएका थिए । र्याली रामधुनीको झुम्का बजार क्षेत्र परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।
Read full story at source (ratopati.com)