माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
barnanmedia.com · Sun Sep 13 07:33:46 GMT 2026

कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आउनुभएको छ । कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गर्नुभएका उहाँका लागि अहिले यो व्यवसाय आम्दानीको प्रमुख स्रोत बनेको छ ।
विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने योजनासहित माछापालन व्यवसाय गर्दै आउनुभएका खरेलले माछापालन व्यवसायबाट वार्षिक रूपमा रु १५ लाख बचत गर्दै आउनुभएको छ । उहाँले रु १२ हजार लगानीबाट माछापालन व्यवसाय सुरु गरेको भन्दै हालसम्म करिब रु ५० लाख लगानी गरिसकेको जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)