‘रिचार्ज काठमाडौं’ अभियानदेखि न्युरोडको मल्टीस्टोरी पार्किङसम्म: सुनिता डंगोलका तीन घोषणा
kalakarmi.com · Sun Sep 13 07:46:35 GMT 2026

काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर प्रहरी बललाई थप प्रभावकारी बनाउँदै सहरी व्यवस्थापनमा सक्रिय संयन्त्रका रूपमा अघि बढाउने बताएकी छन्। साथै उनले काठमाडौंमा बढ्दै गएको सहरी बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने र न्युरोड क्षेत्रको पार्किङ समस्या समाधानका लागि मल्टीस्टोरी पार्किङ निर्माणको पहल भइरहेको जानकारी दिएकी छन्।
आइतबार महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै डंगोलले महानगर प्रहरी बल महानगरपालिकाको संगठन र संरचना मात्रै नभई काठमाडौंलाई अनुशासित, व्यवस्थित र सुरक्षित बनाउन नागरिकले भरोसा गरेको संयन्त्र भएको बताइन्।
Read full story at source (kalakarmi.com)