बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी तथ्याङ्कमा नयाँ वर्गीकरण प्रणाली लागू गरिँदै
nepalpress.com · Sun Sep 13 07:45:17 GMT 2026

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी तथ्याङ्कलाई व्यवस्थित, एकरूप र अन्तर्राष्ट्रिय स्तरमा तुलनायोग्य बनाउन नयाँ वर्गीकरण प्रणाली लागू गर्ने भएको छ।
शुक्रबार आयोजित सञ्चारकर्मीसहितको अन्तरक्रिया कार्यक्रममा निर्देशक पृथ्वी विजयराज सिजापतिले यसबारे जानकारी दिएका छन् । सिजापतिका अनुसार संयुक्त राष्ट्रसंघीय तथ्याङ्क आयोगले ४ महिनाअघि मात्र अनुमोदन गरेको बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरणलाई नेपालको राष्ट्रिय तथ्याङ्क प्रणालीमा समेट्न लागिएको हो ।
Read full story at source (nepalpress.com)