बुटवल अस्पतालले दियो भोटेकोशी बाढी प्रभावितलाई ७ लाख
ratopati.com · Sun Sep 13 08:03:31 GMT 2026

बुटवल । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि बुटवल अस्पतालले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ । २५ वर्षदेखि बुटवलमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको सो अस्पतालले विपद्को समयमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै उक्त सहयोग गरेको हो ।
अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
Read full story at source (ratopati.com)