बाढीले खोस्यो छोरा, बिछोडको पीडा सहन नसकेर आमाले पनि छाडिन् संसार!
barnanmedia.com · Sun Sep 13 07:51:36 GMT 2026

काठमाडौं– भोटेकोशीमा आएको भीषण बाढीले छोरा बेपत्ता बनाएपछि शोकमा डुबेकी एक आमाको पनि केही दिनमै मृत्यु भएको छ । उमाकुण्ड गाउँपालिका–१ गुम्देलकी ५८ वर्षीया डोल्मा याङ्जी शेर्पाको शव पाँच दिनको खोजीपछि घरभन्दा निकै टाढाको खोलामा फेला परेको हो ।
डोल्माका छोरा ङिमा शेर्पा गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका थिए । उनी रसुवास्थित जलविद्युत् आयोजनाको परिसरमा काम गरिरहेका बेला बाढीमा परेका थिए । जलविद्युत् आयोजनामै काम गर्दै आएका उनका दाजु दोर्जे पनि भाइ बेपत्ता भएपछि खोजीमा जुटेका थिए ।
Read full story at source (barnanmedia.com)