प्रभु बैंकका संचालक तथा कर्मचारीद्वारा स्वेच्छिक रुपमा संकलित रु. ४० लाख ८० हजार सहयोग
corporatenepal.com · Sun Sep 13 08:01:06 GMT 2026

काठमाडौं । भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे छ ।
विपद्को यस कठिन घडिमा प्रभावित नागरिकको राहत उद्घार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकका संचालक तथा कर्मचारीहरुको तर्पmबाट संकलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयमा चेक हस्तान्तरण गरेका हुन् ।
Read full story at source (corporatenepal.com)