बाढीले पाइप बगायो, घारिबथानमा खानेपानीको हाहाकार
gorkhapatraonline.com · Sun Sep 13 08:19:38 GMT 2026

जनार्जन खत्री
सर्लाही, भदौ २८ गते । उत्तरी चुरेभेगस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथान गाउँमा खानेपानीको चरम हाराकार मच्चिएको छ । तीन दिनअघि बाँकेखोलामा आएको बाढीले खानेपानीको पाइप नै बगाइदिएपछि गाउँभरी खानेपानीको अभाव मच्चिएको हो । खोलाको जरुवा पानी -रसाएको पानी_ पाइपमार्फत ल्याएर खाने गरेका स्थानीय बाढी आएर पाइप नै बगाएपछि खानेपानीका लागि भौतारिन बाध्य भएका हुन् ।
Read full story at source (gorkhapatraonline.com)