सवार १४० जनाको खोजी,१०३ जनाको उद्धार
nepaltvonline.com · Sun Sep 13 08:22:29 GMT 2026

काठमाडौँ- इन्डोनेसियाको जाभा सागरमा बेपत्ता यात्रुवाहक पानीजहाजमा सवार १४० जनाको खोजी भइरहेको छ । जहाजमा सवारमध्ये १०३ जनाको उद्धार गरिएको र उद्धार गरिएकामध्ये एक जनाको मृत्यु भएको खोज तथा उद्धार निकायका अधिकारीले बताएका छन् ।‘
भर्गो ट्रान्सपोर्ट ८’ नामको पानीजहाज शनिबार पूर्वी जाभाको सुराबायाबाट दक्षिण कालीमन्तानको बान्जारमासिनतर्फ प्रस्थान गरेको थियो । त्यसपछि जहाजसँग सम्पर्क विच्छेद भएको खोज तथा उद्धार निकायले जनाएको छ ।निकायको बान्जारमासिन कार्यालय प्रमुख इ पुत्रु सुदायनाका अनुसार विभिन्न पानीजहाजको सहयोगमा १०३ जनाको उद्धार गरिएको छ ।
Read full story at source (nepaltvonline.com)