गाउँमै चौबीसै घण्टा अस्पताल सेवा, उपचारमा सहजता
gorkhapatraonline.com · Sun Sep 13 08:33:02 GMT 2026

नेपालगञ्ज, भदौ २८ गते। बाँकेको ग्रामिण क्षेत्रमा पर्ने राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा राप्तीसोनारी अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले गाउँमै चौबीसै घण्टा स्वास्थ्य सेवा पाउन थालेका छन् । यसअघि सामान्य बिरामी पर्दा कोहलपुर र नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेकोमा गाउँमै अस्पताल सञ्चालन भई चौबिसै घण्टा उपचार दिन थालेपछि स्थानीय बिरामीलाई उपचारमा सहज भएको हो ।
विशेषगरी रातको समयमा सवारीसाधन खोज्नुपर्ने, लामो दूरी पार गर्नुपर्ने र समयमै उपचार नपाउने जोखिम स्थानीयले भोग्दै आएका थिए । प्रसूति सेवाका लागि महिलाले समेत निकै टाढा पुग्नुपर्ने अवस्था थियो ।
Read full story at source (gorkhapatraonline.com)