पछिल्लो समय काठमाडौँ सुध्रिँदैछ : हरिवंश आचार्य
ratopati.com · Sun Sep 13 08:37:19 GMT 2026

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले विगत ५० वर्षदेखि बिग्रँदै गएको काठमाडौँ पछिल्लो समय सफा, सुन्दर र व्यवस्थित बन्ने दिशामा अघि बढेको बताएका छन् । आइतबार काठमाडौँ महानगर नगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार आचार्यले यस्तो बताएका हुन् ।
काठमाडौँ महानगरपालिकाले पछिल्ला दिनहरूमा गरेका सुधारका कामहरू प्रशंसनीय रहेको उनको भनाइ छ । उनले महानगरलाई व्यवस्थित बनाउन सुरु भएका प्रयासहरूले आशा जगाएको धारणा राखे ।
Read full story at source (ratopati.com)