किम र पुटिन झन् नजिकिए, रुस र उत्तर कोरिया जोड्ने पहिलो सडक पुल सञ्चालन !
barnanmedia.com · Sun Sep 13 08:35:46 GMT 2026

रूस र उत्तर कोरियाबीच बढ्दो सम्बन्धलाई थप बलियो बनाउने गरी दुई देशको साझा सीमामा निर्माण गरिएको पहिलो सडक पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। टुमेन नदीमाथि निर्माण गरिएको करिब एक किलोमिटर लामो दुई लेनको यो पुल सेप्टेम्बर ७ मा उद्घाटन गरिएको हो।
पुल उद्घाटन समारोहमा रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन र उत्तर कोरियाली प्रधानमन्त्री पाक थाए सोङ भिडियोमार्फत सहभागी भएका थिए। यसअघि रूस र उत्तर कोरियाबीच रेल तथा हवाई सम्पर्क रहे पनि दुई देशलाई सिधै जोड्ने सडक मार्ग भने थिएन। नयाँ पुल सञ्चालनमा आएसँगै सीमा पार गर्ने यात्रु, मालसामान ढुवानी तथा सवारी आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ।
Read full story at source (barnanmedia.com)