वाणगंगा नदीमा बेपत्ता बालक भारतमा मृत भेटिए
annapurnapost.com · Sun Sep 13 08:50:43 GMT 2026

कपिलवस्तु : वाणगंगा नदीमा आएको बाढीमा बेपत्ता भएका १० वर्षीय बालक बुद्ध लामा नेपाल-भारत सीमा क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्। उनको शव भारतको बगुलहवा खोलामा फेला परेको हो। वाणगंगा नगरपालिका–८ निवासी लामाको शव नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा आइतबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो करिब ३ बजे वाणगंगा नगरपालिका–४ मायादेवी रंगशालाको पूर्वतर्फ करिब एक किलोमिटर दक्षिणमा रहेको नदीमा पौडी खेल्न गएका बुद्धसहित दुई बालक नदीको बहाव बढेपछि बीचको टापुमा रहेको रुखमा फसेका थिए।
Read full story at source (annapurnapost.com)