नेपाल इन्जिनियरिङ कलेजको निःशुल्क मोक टेस्टमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार
ajakoartha.com · Sun Jun 21 09:52:00 GMT 2026

काठमाडौं- नेपाल इन्जिनियरिङ कलेजले इन्जिनियरिङ अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको निःशुल्क प्रवेशिका मोक टेस्टमा उल्लेखनीय सहभागिता देखिएको छ । शनिबार कलेज परिसरमा आयोजित उक्त मोक टेस्टमा विभिन्न विद्यालय तथा कलेजबाट आएका सयौँ विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
कलेजका अनुसार मोक टेस्टको मुख्य उद्देश्य इन्जिनियरिङ अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई वास्तविक प्रवेश परीक्षा जस्तो वातावरणको अनुभव गराउनु र उनीहरूको तयारीको स्तरको मूल्याङ्कन गर्न सहयोग गर्नु हो । प्रवेश परीक्षाको दबाब, समय व्यवस्थापन, प्रश्न समाधान गर्ने क्षमता तथा आत्मविश्वास बढाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम विद्यार्थीहरूको लागि अत्यन्त उपयोगी बनेको सहभागीहरूले बताएका छन् ।
Read full story at source (ajakoartha.com)