स्थायी घर नबनेसम्म भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजार खर्च दिने सरकारको निर्णय
nepallive.com · Sun Sep 13 09:06:51 GMT 2026

काठमाडौं– सरकारले भोटेकोशी बाढी प्रभावित परिवारको राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राख्दै स्थायी आवास निर्माण नहुँदासम्म मासिक आवास भाडा तथा आवश्यक खर्च उपलब्ध गराउने भएको छ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित परिवारलाई चार सदस्यसम्म मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत् उनले चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि थप प्रत्येक सदस्यबापत २ हजार रुपैयाँ अतिरिक्त उपलब्ध निर्णय भएको उनले सार्वजनिक गरेका छन्।
Read full story at source (nepallive.com)