५० हेक्टर वन क्षेत्रमा ‘टाइगर सेन्चुरी’
nepalnews.com · Sun Sep 13 09:13:24 GMT 2026

चितवन। समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्दै पर्यापर्यटनसँग जोड्ने उद्देश्यले यहाँ टाइगर सेन्चुरी बनाउन थालिएको छ। हाल दुई वटा समस्याग्रस्त बाघ राखिएको देवनगरमा २० वटा बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागिएको हो।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको देवनगरमा चालु आर्थिक वर्षदेखि टाइगर सेन्चुरी निर्माणको काम थाल्न पाँच करोड बजेट विनियोजन गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा. हरिभद्र आचार्यका अनुसार अहिले भइरहेको होल्डिङ सेन्टरसहित तीन किसिमका संरचना सेन्चुरीमा बनाइने छ।
Read full story at source (nepalnews.com)