अरिङ्गालको टोकाइबाट तनहुँमा ४२ वर्षीय पुरुषको मृत्यु
gorkhapatraonline.com · Sun Sep 13 09:18:29 GMT 2026

तनहुँमा अरिङ्गालको टोकाइबाट घाइते हुनु भएका एक पुरुषको आइतबार बिहान मृत्यु भएको छ । भिमाद नगरपालिका–२ टेक्रे निवासी ४२ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शुक्रबार साँझ करिब ७ बजे घर नजिकैको बारीमा काम गर्ने क्रममा थापालाई अरिङ्गालले घाँटी, हातलगायत शरीरका विभिन्न भागमा टोकेको थियो । गम्भीर घाइते हुनु भएका थापालाई उपचारका लागि भदौ २७ गते राति करिब १ः३० बजे जीपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र, झरौटा लगिएको थियो ।
Read full story at source (gorkhapatraonline.com)