सरकारले बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म आवास खर्च दिने
kendrabindu.com · Sun Sep 13 09:28:16 GMT 2026

काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण विस्थापित भएका भोटेकोशी क्षेत्रका प्रभावित परिवारलाई सरकारले आवास तथा आवश्यक खर्चका लागि आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले स्थायी आवास निर्माण सम्पन्न नभएसम्म बाढीपीडित परिवारलाई घरभाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो। सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले उक्त निर्णयबारे जानकारी दिएका हुन्।
Read full story at source (kendrabindu.com)