बल्थलीमा बादलको ‘फेस सेभिङ’, शंकरको प्रतिवेदन काटकुट
ratopati.com · Sun Sep 13 09:32:59 GMT 2026

काठमाडौँ । निर्वाचन समीक्षा र एमाले पुनर्गठनका सन्दर्भमा दुई वटा प्रतिवेदन बनेपछि नेताहरू काभ्रेको पतनौतीस्थित बल्थली रिसोर्टमा विवाद मिलाउन बसेका छन् । एमाले कार्यदल संयोजकसमेत रहेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र पार्टी महासचिव तथा कार्यदलका सदस्यसचिव शंकर पोखरेलले तयार पारेका अलग–अलग प्रतिवेदन मस्यौदा पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा पेस भएपछि विवादको छिनोफानो गर्न र एउटै प्रतिवेदन बनाउने भन्दै नेताहरू आवासीय बैठकमा जुटेका हुन् ।
शनिबारदेखि कार्यदलको आवासीय बैठक बस्ने भने पनि स्थान तय गर्न समय लागेपछि आइतबारदेखि मात्र बल्थलीमा निर्णायक बैठक सुरु भएको हो । बैठक सोमबारमात्र सकिने कार्यदल सदस्य लिलानाथ श्रेष्ठले बताए । यसअघि काभ्रेको धुलिखेलको कुनै एक रिसोर्ट वा सिन्धुपाल्चोकको सुकुटे रिसोर्टमा बैठक बस्ने भनिए पनि त्यहाँ ठाउँ उपलब्ध नभएपछि पनौती रोज्नुपरेको नेताहरूले बताएका छन् ।
Read full story at source (ratopati.com)