प्रधानमन्त्री अमेरिका जान लागेको बेला प्रधान सेनापति सिग्देल चीन प्रस्थान
corporatenepal.com · Sun Sep 13 09:25:38 GMT 2026

काठमाडौं । प्रधान सेनापति महारथी अशोकराज सिग्देल छिमेकी चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघका महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका जान लागेको बेला सेनापतिको चीन भ्रमण अर्थपूर्ण देखिन्छ ।
चिनियाँ पक्षको निमन्त्रणामा प्रधान सेनापति सिग्देलले भदौ २८ देखि असोज ३ गतेसम्म चीनको भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३ औँ बेइजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
Read full story at source (corporatenepal.com)