थाइल्यान्ड र सिङ्गापुर हुँदै अवैध रूपमा मलेसिया नआउन नेपाली दूतावासको आग्रह
kendrabindu.com · Sun Sep 13 09:47:04 GMT 2026

काठमाडौं । मलेसियास्थित नेपाली राजदूतावासले नेपालबाट थाइल्यान्ड र सिङ्गापुर हुँदै अवैध बाटो प्रयोग गरेर मलेसिया आउने क्रम बढेको भन्दै नेपाली नागरिकलाई सचेत गराएको छ।
आइतबार आयोजित साप्ताहिक फेसबुक लाइभमार्फत दूतावासले यस्तो चेतावनी दिएको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तले वैदेशिक रोजगारीको प्रलोभन देखाएर एजेन्ट वा चिनेजानेका व्यक्तिले नेपालीलाई थाइल्यान्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुङ्गामार्फत मलेसिया प्रवेश गराउने गरेको पाइएको बताइन्।
Read full story at source (kendrabindu.com)