प्रधान सेनापति सिग्देल चीन प्रस्थान
nepallive.com · Sun Sep 13 09:50:05 GMT 2026

काठमाडौं– प्रधान सेनापति महारथी अशोक राज सिग्देल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन् ।
चिनियाँ पक्षको निमन्त्रणामा प्रधान सेनापति सिग्देलले भदौ २८ गतेदेखि असोज ३ गतेसम्म चीनको भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३ औँ बेइजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
Read full story at source (nepallive.com)