प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या
barnanmedia.com · Sun Sep 13 09:56:29 GMT 2026

राजधानीको पुरानो सिनामङ्गल नाकटीस्थित प्राचीन एवं ऐतिहासिक नागेश्वर महादेव मन्दिरअघि वर्षात्को बाढीले ल्याएको माटोले मन्दिर प्रवेशमा असहजता भएको छ । मन्दिरको मूल ढोकाअघिको प्रवेश मार्गमा बर्षात्को पानीले तीन फिट बराबर हिलो माटो र कङ्क्रिट जम्मा भएको नागेश्वर तथा वाणेश्वर मन्दिर व्यवस्थापन एवं संरक्षण समितिका अध्यक्ष प्रकाश रायमाझीले राससलाई जानकारी दिनुभयो ।
मन्दिरअघि जमेको माटोले नागेश्वरका नित्य दर्शनार्थीलाई मन्दिर प्रवेश गर्न एक हप्तादेखि असहज भएको उहाँले बताउनुभयो । मन्दिर परिसरभित्र पनि पानी र हिलोले गर्दा बगैँचाका फूल एवं रुख, बिरुवालाई पनि असर गरेको छ । सरसफाइ एवं बाटोको अवरोध हटाउन काठमाडौँ महानगरपालिका-३२ सँग अनुरोध गरिएको समितिले जनाएको छ ।
Read full story at source (barnanmedia.com)