विश्वकर्मा पूजा नजिकिएसँगै मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याई
kalakarmi.com · Sun Sep 13 10:15:14 GMT 2026

काठमाडौं- विश्वकर्मा पूजा नजिकिएसँगै राजधानीका मूर्तिकारहरूलाई भगवान् विश्वकर्माका मूर्ति बनाउन भ्याइनभ्याई भएको छ । विश्वकर्मा पूजाका लागि विभिन्न स्थानबाट मूर्तिको माग बढेपछि मूर्तिकारहरू बिहानदेखि अबेर साँझसम्म मूर्ति निर्माणमा व्यस्त देखिएका छन् ।
काठमाडौँको कुपण्डोल क्षेत्रमा यतिबेला बाबा विश्वकर्माका मूर्ति बनाउने र रंगरोगन गर्ने काम तीव्र रूपमा भइरहेको छ । पूजाका लागि आवश्यक मूर्ति तयार गर्न मूर्तिकारहरू माटो, पराल, बाँस तथा अन्य सामग्रीको प्रयोग गर्दै विभिन्न आकारका मूर्ति निर्माणमा जुटेका छन् ।
Read full story at source (kalakarmi.com)