राजेन्द्र लिङ्देनले भने– बालेनले राजा ल्याउँछ भनेर तपाईंलाई भोट दिए
baahrakhari.com · Sun Jun 21 11:04:51 GMT 2026

कााठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीले आफ्नो दललाई भन्दा वालेन्द्र शाह (बालेन)लाई बढी विश्वास गरेर भोट दिएको बताएका छन् । आइतबार (असार ७) चितवनको भरतपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटन समारोहमा उनले राजावादीले बालेनमाथि ठूलो भरोसा गरेको बताएका हुन् ।
“यो चुनावमा राजा मान्ने दल राष्ट्रिय प्रजातन्त्र पार्टीले भन्दा बालेनले राजा ल्याउँछ भनेर तपाईंलाई भोट दिए,” अध्यक्ष लिङ्देनले भने, “नेपालको राजनीतिक समस्या सम्बोधनका लागि तपाईंहरूले जनताको यो भरोसालाई सम्बोधन गर्नुहुने विश्वास लिएको छु ।”
Read full story at source (baahrakhari.com)