गाउँपालिकाको केन्द्रमा खानेपानीको हाहाकार
gorkhapatraonline.com · Sun Sep 13 10:30:49 GMT 2026

जिल्लाको पलाँता गाउँपालिकाको केन्द्र रानीबिसौनामा सरकारी संरचना निर्माण भए पनि खानेपानीको आधारभूत सुविधा नहुँदा नागरिकदेखि कर्मचारीसम्म सास्ती खेप्न बाध्य भएका छन्। पलाँता क्षेत्र यसैपनि सुख्खा क्षेत्रका रूपमा चिनिन्छ। तर गाउँपालिकाको केन्द्र नै खानेपानीविहीन बनेपछि सरकारी सेवा लिन आउने नागरिक र कार्यालयमा कार्यरत कर्मचारीले हप्तौँसम्म किरा परेको ड्रममा जम्मा गरिएको पानी पिउनुपर्ने अवस्था आएको छ।
पलाँता गाउँपालिकाले पछिल्लो निर्णयबाट रानीबिसौनालाई गाउँपालिकाको केन्द्र तोकेपछि त्यहाँ विभिन्न सरकारी संरचना निर्माण गरिएका छन्। तर केन्द्रका लागि आवश्यक आधारभूत पूर्वाधारमध्ये सबैभन्दा महत्वपूर्ण मानिने खानेपानीको स्थायी व्यवस्था भने हुन सकेको छैन। स्थानीय लङ्कबहादुर बमका अनुसार रानीबिसौनामा खानेपानीको समस्या नयाँ होइन।
Read full story at source (gorkhapatraonline.com)