तीन अमेरिकी सैनिक मारिएको आक्रमणमा इरानलाई चीनले स्याटलाइट तस्वीर दिएको आरोप
nepalviews.com · Sun Sep 13 10:34:29 GMT 2026

काठमाडौं । अमेरिकी अधिकारीहरूले इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण गर्न चिनियाँ संस्थाहरूबाट उपलब्ध गराइएको उच्च रिजोल्युसनको स्याटलाइट तस्वीर प्रयोग गरेको बताएका छन् । उक्त आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो ।
‘द वाल स्ट्रिट जर्नल’का अनुसार इरानले जुलाई १७ मा आक्रमण गरेको जोर्डनको मुवाफ्फाक सल्ती एयर बेसका उच्च रिजोल्युसनका स्याटलाइट तस्वीर प्राप्त गरेको अमेरिकी अधिकारीहरूले बताएका हुन् । उक्त आक्रमणबाट सैन्य अड्डामा ठूलो क्षति पुगेको थियो ।
Read full story at source (nepalviews.com)