विपद्को पीडामा खल्लो बन्दै तीज
reportersnepal.com · Sun Sep 13 10:35:47 GMT 2026

काठमाडौँ । सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो । घर,आँगनदेखि बजारसम्म रातो साडी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको चहलपहल देखिन्थ्यो । तीजका गीत घन्किन्थे, दिदीबहिनी भेला भएर दर खान्थे, नाचगान गर्थे । कार्यालय, संस्था र समुदायमा तीज विशेष कार्यक्रम आयोजना हुन्थे । तर यसपटकको तीजको माहोल फरक छ ।
रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीले ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएएपछि त्यसको त्रास र पीडाले मुलुकका धेरै परिवारलाई रुवाएको छ । विशेषगरी रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा तीजको उल्लासभन्दा आफन्तको खोजी, विस्थापनको पीडा र भोलिको चिन्ताले ठाउँ लिएको छ । अन्य जिल्लाका नागरिक पनि बाढीमा परेकाले देशभर शोक छाएको छ।
Read full story at source (reportersnepal.com)