मोदी–सी भेटवार्तापछि भारत–चीन सम्बन्ध कुन दिशामा जाला ?
clickmandu.com · Sun Sep 13 10:40:39 GMT 2026

एजेन्सी । गत अगस्ट २५ मा सीमासम्बन्धी जारी गरिएको ‘परिणाम र सहमतिका आठ बुँदे’ वक्तव्य तथा भर्खरै सम्पन्न ब्रिक्स शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनपिङबीच भएको भेटवार्तापछि के हामी भारत–चीन सम्बन्धको आगामी दिशाबारे अलिकति पनि प्रस्ट हुन सकेका छौं त ?
अगस्टको वक्तव्य र शिखर सम्मेलनपछि भारत तथा चीनद्वारा जारी गरिएका दुई छुट्टाछुट्टै विवरणहरू (रिडआउट) ले के संकेत गर्छन् भने सीमाको सवालमा दुवै पक्ष ‘न्याश सन्तुलन’ को अवस्थामा छन् । अर्थशास्त्रको आधारभूत कुरा नबुझ्नेहरूका लागि न्याश सन्तुलन भनेको गैर–सहकार्यात्मक खेलको यस्तो परिणाम हो जसमा ‘कुनै पनि खेलाडीले आफ्नो रणनीति बदलेर मात्र आफ्नो अपेक्षित परिणाममा सुधार गर्न सक्दैन’ (इन्साइक्लोपीडिया ब्रिटानिका अनलाइनका अनुसार) ।
Read full story at source (clickmandu.com)