एनभीए लिगको फाइनलमा किन भएको थियो विवाद ?
kendrabindu.com · Sun Sep 13 10:58:32 GMT 2026
काठमाडाैं । शनिवार भएको पहिलो संस्करणको नेपाल भलिबल लिगको फाइनल खेलमा रेफ्रीको निर्णयलाई लिएर विवाद भएको थियो। खेलमा अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच भएको खेलको दोस्रो सेटमा उक्त विवाद सिर्जना भएको थियो।
विवादपछि कर्णालीका कप्तान पहल गहतराज खेल छोडेर बाहिरिएका थिए। त्यसबीचमा खेल लगभग आधा घण्टा रोकिएको थियो। दोस्रो सेटमा अन्नपूर्ण स्पाइकर किंग्स ५–२ ले अगाडि रहेको अवस्थामा ब्लकको एक अंक आए/नआएको विषयमा रेफ्रीले अन्नपूर्णको पक्षमा निर्णय दिएका थिए।
Read full story at source (kendrabindu.com)