तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला
baahrakhari.com · Sun Sep 13 11:01:00 GMT 2026

काठमाडौं । हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ । तिजका दिन भदौ २९ गते भक्तजनका निम्ति विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
तिजमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्ने भएकाले भक्तजनको सहज व्यवस्थापनका निम्ति मन्दिरबाहिर पाँच लाइनको व्यवस्था गरिनेछ । मन्दिर परिसरमा प्रवेश गरेपछि आठ लाइनको व्यवस्था गरिने भएको छ ।
Read full story at source (baahrakhari.com)