रिबाकिना अमेरिकी ओपन च्याम्पियन
gorkhapatraonline.com · Sun Sep 13 11:07:45 GMT 2026
एलिना रिबाकिनाले आइतबार एरिना साबालेन्कालाई तीन सेटमा ६–४, ५–७, ६–२ ले हराएर वर्षको अन्तिम ग्रान्डस्लाम अमेरिकी ओपनको महिला एकल उपाधि जित्नुभएको छ । अमेरिकी ओपन जितेपछि रिबाकिनाले ५५ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नुभयो । साबालेन्काले २८ लाख अमेरकी डलरमा चित्त बुझाउनुभयो ।
रिबाकिनाको यो पहलो अमेरिकी ओपन उपाधि हो । यद्यपि उहाँको यो तेस्रो ग्रान्डस्लाम उपाधि हो । यसै वर्ष साबालेन्कालाई फाइनलमा निराश बनाएर रिबाकिनाले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन जित्नुभएको थियो । रुसमा जन्मे पनि काजखस्तानको प्रतिनिधत्व गर्दै खेल्ने रिबाकिनाले आफ्नो पहिलो ग्रान्डस्लम सन् २०२२ मा विम्बल्डनमा हात पार्नुभएको थियो । अब रिबाकिनालाई क्यारियर ग्रान्डस्लाम पूरा गर्न क्लेकोर्टमा खेलिने फ्रेञ्च ओपन जित्नमात्र बाँकी छ । एपी
Read full story at source (gorkhapatraonline.com)