तीजमा पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुल्ने, यस्तो छ दर्शनार्थीका लागि व्यवस्था
ratopati.com · Sun Sep 13 11:11:54 GMT 2026

काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै वटा ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ । तीजका दिन भदौ २९ गते सोमबार भक्तजनका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्ने भएकाले भक्तजनको सहज व्यवस्थापनका लागि मन्दिर बाहिर पाँच वटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि आठ वटा लाइनको व्यवस्था गरिने भएको छ ।
Read full story at source (ratopati.com)