खारेज भएको यूटीएलको सम्पत्ति बुझाउन ताकेता
nepalnews.com · Sun Sep 13 11:15:02 GMT 2026

काठमाडौँ। युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)को अनुमति पत्र खारेज भएको छ। तोकिएको अवधिभित्र नवीकरण दस्तुरसहित निवेदन पेश गर्न नगरेपछि यूटीएलको अनुमति पत्र खारेज भएको हो।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार १९ भदौमा यूटीएलको अनुमति पत्र स्वत: खारेज भएको छ। यूटीएलले २० भदौ २०७३ मा आधारभूत टेलिफोन सेवाको लागि अनुमति पत्र लिएको थियो। नेपाल दूरसञ्चार ऐन २०५३ अनुसार १० वर्षसम्म अनुमति पत्र नवीकरण नगरेको कम्पनी स्वत: खारेज हुने व्यवस्था छ। “नेपाल दूरसञ्चार ऐन २०५३ को दफा २५ को व्यवस्था बमोजिम तोकिएको अवधिभित्र नियमानुसार नवीकरण दस्तुरसहित निवेदन पेश गर्न नसकेकोले यूटीएलको अनुमति पत्र स्वत: खारेज भएको हो,” प्राधिकरणका प्रवक्त मीनप्रसाद अर्याल भन्छन्।
Read full story at source (nepalnews.com)