तीजको दर खाने खर्च बाढीपीडितलाई सहयोग
nagariknews.nagariknetwork.com · Sun Sep 13 11:10:47 GMT 2026

पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दर खाने पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
पाँचखाल-३, ४, ५ र ६ का स्वयंसेविकाले यही भदौ १० गते रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु १५ हजार ५४५ सहयोग गरेका हुन्। बाढी प्रभावितका लागि केही राहत होस् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविका ‘दिदीबहिनी-समूह’द्वारा गरिने दर खाने कार्यक्रमबाट उक्त रकम छुट्याएर राहत कोषमा जम्मा गरिएको समूहको सदस्य सरस्वती भेटवालले जानकारी दिइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)