बजेट भाषणको पूर्व सन्ध्यामा राष्ट्रपति पौडेल भेट्न पुगे अर्थमन्त्री वाग्ले
arthadabali.com · Thu May 28 16:47:42 GMT 2026

काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् । बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।
भेटमा अर्थमन्त्रीले संसद्मा पेस गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरे ।
Read full story at source (arthadabali.com)