एकताको महाधिवेशन नभए शेखर कोइराला कुनै महाधिवेशनमा सहभागी नहुने
ratopati.com · Sun Sep 13 11:26:08 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला संस्थापन र इतर समूह दुवैले गरेका महाधिवेशनमा सहभागी नहुने भएका छन् । उनले एकताको महाधिवेशन नहुने अवस्था आएमा देशभर पार्टी एकताका लागि अभियान चलाउने बताएका छन् ।
दुई महाधिवेशनका कार्यतालिका आएपछि कताको महाधिवेशनमा जाने हो भनेर सोध्न आउने कार्यकर्तालाई नेता डा.कोइरालाले आफू एकताको महाधिवेशन नभएसम्म कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताएका हुन् ।
Read full story at source (ratopati.com)