नेपालगन्जमा खुल्यो एथरको १५औँ ‘एक्सपेरियन्स सेन्टर’
gorkhapatraonline.com · Sun Sep 13 11:31:10 GMT 2026

पश्चिम नेपालको विद्युतीय मोबिलिटीलाई थप स्मार्ट र दिगो बनाउने उद्देश्यका साथ एथर नेपालले नेपालगन्जमा आफ्नो १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । नेपालगन्जको बसपार्क रोड स्थापना गरिएको यस नयाँ सेन्टरमार्फत ग्राहकहरूले एथरका नवीनतम प्रविधियुक्त इलेक्ट्रिक स्कुटरहरू नजिकबाट अनुभव गर्न पाउनेछन् । यस नयाँ विस्तारसँगै एथरको सोरुम सञ्जाल अब काठमाडौँ, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान र विराटनगरलगायत देशका प्रमुख सहरहरूमा पुगेको छ ।
नेपालगन्जस्थित सेन्टरमा ग्राहकका लागि एथर ४५० र एथर रिज्टा मोडेलहरू उपलब्ध हुनेछन्, जहाँ स्कुटरको प्रविधि बुझ्न, प्रडक्ट डेमोन्स्ट्रेशन हेर्न र टेस्ट राइड गर्न सकिने सुविधा छ । सोरुम उद्घाटनको अवसरमा बोल्दै एथर नेपालका मार्केटिङ प्रमुख सलमान खानले भन्नुभयो, “हामी नेपालगन्ज र समग्र पश्चिम नेपालका ग्राहकहरूमाझ एथरको विश्वस्तरीय प्रविधि र मोबिलिटी अनुभव साझा गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ । यो १५औँ एक्सपेरियन्स सेन्टर केवल स्कुटर बिक्री गर्ने ठाउँ मात्र होइन, बरु ग्राहकहरूलाई प्रिमियम राइडिङ, भरपर्दो चार्जिङ पूर्वाधार र उत्कृष्ट आफ्टर्स–सेल्स सपोर्ट सुनिश्चित गर्ने एउटा बलियो केन्द्र हो । नेपालभर विद्युतीय सवारीप्रतिको विश्वास बढाउन र दिगो भविष्य निर्माण गर्न हामी प्रतिबद्ध छौँ ।”
Read full story at source (gorkhapatraonline.com)