बाणगंगा खोलामा बगेका दश वर्षीय बालकको भारतमा शव भेटियो
gorkhapatraonline.com · Sun Sep 13 11:36:45 GMT 2026

बाणगंगा खोलामा आएको बाढीमा बगेर बेपत्ता भएका कपिलवस्तुका १० वर्षीय बालक बुद्ध लामाको शव भारतमा भेटिएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–४ मायादेवी रंगशालाको पूर्वतर्फ करिब एक किलोमिटर दक्षिण बाणगंगा नदीमा पौडी खेल्न गएका बाणगंगा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा शुक्रबार दिउँसो नदीको बीचमा रहेको टापुमा फसेका थिए । उद्धार टोलीले शुक्रबार रिदमलाई सकुशल उद्धार गरेको थियो । तर, १० वर्षीय बुद्ध लामा भने घटनास्थलमा फेला परेका थिएनन् ।
Read full story at source (gorkhapatraonline.com)