बाढीमा मृत्यु भएकी महिलाको शवबाट गहना चोरीको आरोपमा पाँच पक्राउ
kendrabindu.com · Sun Sep 13 11:39:46 GMT 2026

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–३ सिर्खालीमा भोटेकोशी बाढीका कारण मृत्यु भएकी एक महिलाको शवबाट सुनका गहना चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटनामा संलग्न रहेको आरोपमा चार दिनअघि सिर्खालीबाटै पाँच जना स्थानीयलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा विदुर नगरपालिका–३ का दिपेश भुजेल, सुरेश रिमाल, दिनेश पण्डित, निराजन थापामगर र राजेश रिमाल रहेका छन्।
Read full story at source (kendrabindu.com)