कृष्णभीरमा एकतर्फी सवारी चलाउन सुरु, रोकिएका ग्यास बुलेट र गाडी पठाइयो
kendrabindu.com · Sun Sep 13 12:00:17 GMT 2026

काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा एकतर्फी सवारी सञ्चालनको परीक्षण गरिएको छ। धादिङका विभिन्न ठाउँमा विगत १४ दिनदेखि रोकिएका ग्यास बुलेट र ट्रकहरूलाई कृष्णभीरको नयाँ ट्रयाकबाट पास गराइएको हाे।
भोटेकोशी क्षेत्रमा आएको बाढीपछि त्रिशूली नदीमा आएको ठूलो बहावले कृष्णभीरको सडक कटान गरी भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो। सडक बन्द भएको १० दिनपछि भासिएको सडकको विकल्पमा निर्माण गरिएको नयाँ ट्र्याकबाट एकतर्फी सवारी सञ्चालनको परीक्षण सुरु गरिएको हो।
Read full story at source (kendrabindu.com)