महानगरले ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउने
barnanmedia.com · Sun Sep 13 12:29:31 GMT 2026

काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण (रिचार्ज) गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन्। आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा बोल्दै डंगोलले काठमाडौँमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन्।
Read full story at source (barnanmedia.com)