मोरङ उद्योग व्यापार सङ्घको अध्यक्षमा अनिलकुमार साह
ratopati.com · Sun Sep 13 12:38:54 GMT 2026

विराटनगर। देशकै जेठो औद्योगिक सङ्गठन मोरङ उद्योग व्यापार सङ्घको ३५औँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। उक्त कार्यसमितिले अध्यक्षमा अनिलकुमार साहलाई चयन गरेको छ।
नयाँ कार्यसमितिका लागि आवश्यक संख्यामा मात्र उम्मेदवारी दर्ता भएपछि सबै पदमा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । सहमति र सहकार्यको परम्परालाई निरन्तरता दिँदै सबै पदमा पदाधिकारी र सदस्यहरू निर्वाचित गरेको सङ्घले जनाएको छ।
Read full story at source (ratopati.com)